क्यानडा ३६ वर्षपछि विश्वकपका लागि छनोट

क्यानडा ३६ वर्षपछि विश्वकपका लागि छनोट

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । साइल लारिन, टाजोन बुकानन र जुनियर होइलेटले गोल गरेको दिन क्यानडाले आइतबार राति जमैकालाई ४–० ले हराउँदै विश्वकपमा स्थान स्थान सुरक्षित गरेको छ । क्यानडा ३६ वर्षपछि विश्वकप फुटबलमा फर्किएको हो ।

मेक्सिकोमा आयोजित सो विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।केल लरिन र टाजोन बुचाननले गोल गरेपछि पहिलो हाफमा क्यानडाले अग्रता बनाएको थियो । दोस्रो हाफमा जुनियर होलेटले गोल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेका थिए ।

इतिहासमै दोस्रोपल्ट विश्वकपमा छानिएपछि टोरन्टोस्थित बीएमओ  फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टोलीको सहभागिता छ । अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नो स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।