काठमाडौंका अव्यवस्थित तार हटाउन सुरु (फोटोफिचर)

काठमाडौंका अव्यवस्थित तार हटाउन सुरु (फोटोफिचर)

  
काठमाडौं, २५ बैशाख । आजदेखि  काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

 गत आज बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए । 

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।