पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?, यस्तो छ विवरण

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?, यस्तो छ विवरण

नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ४१ र १ हजार ३ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । 

यो अवधिमा २ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ रहेका प्रवक्ता संगिता कौशल मिश्राले जानकारी दिइन्। उनका अनुसार ४ हजार ४ सय ९८ जना होम आइसोलेसनमा छन् भने ७६ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।