किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने सरकार ढल्छ : सभापति लामिछाने

किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने सरकार ढल्छ : सभापति लामिछाने

काठमाडौं ।  किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले बताएका छन् । विहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन् । 

उनले भने, ‘किसानको दुध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भईरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला ।’ 

उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए । भूमीहिन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमीहिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।