कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा रहेका छन्।

साथै  बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गरिररहेको छ। यस्तै बैठकमा कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति तथा केन्द्रीय संसदीय समिति गठनका विषयमा समेत छलफल हुनेछ।

यहीबीच सभापति शेरबहादुर देउवाले भातृ संस्था  नेविसंघ र तरूण दलमा अध्यक्ष नियुक्त गरेका छन्। यस विषयमा डा शेखर पक्षले शशक्त विरोध गर्ने तय गरेको छ।