गैह्रीगाउँ हत्या प्रकरणः घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

गैह्रीगाउँ हत्या प्रकरणः घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौं ३० भदौ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा गए राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहनेछन् ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ ।