चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते


काठमाडौं, १० असार । चट्याङ लागेर बागलुङमा दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेका छन् । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।