एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’ स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।