राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।