जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी

जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी

काठमाडौं, ७ असार । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।


यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए ।