जुनसुकै धम्कीको सामना गरिनेछ, अब भ्रष्टचारीको फाईल खोलिन्छ– प्रधानमन्त्री दाहाल

जुनसुकै धम्कीको सामना गरिनेछ, अब भ्रष्टचारीको फाईल खोलिन्छ– प्रधानमन्त्री दाहाल


काठमाडौं, २३ बैशाख । आफु कुनै दबाबमा नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् । 

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’