ज्योति विकास बैंकको सेयर लिलामी भर्ने अन्तिम दिन आज

ज्योति विकास बैंकको सेयर लिलामी भर्ने अन्तिम दिन आज

काठमाडौ, १७ असार । आज ज्योति विकास बैंकको १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन हो ।आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १२६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एक क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।