टी २० सिरिज : आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

टी २० सिरिज : आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, २ कार्तिक । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ विरूद्द मैदानमा उत्रदैँछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुँदैछ ।पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।