तीन दिन ओरालो लागेको सेयर बजारमा चमक, दोहोरो अंकले बढ्यो

तीन दिन ओरालो लागेको सेयर बजारमा चमक, दोहोरो अंकले बढ्यो

काठमाडौ, १९ असार । लगातार तीन दिन ओरालो लागेपछि मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यसअघि ३ दिनमा नेप्से सूचक ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भए पनि कारोबार रकम भने प्रभावित भएको छ ।

यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । १२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् ।