दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी

दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी


काठमाडौं, १२ असार । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।


त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।