देश विकासको मोडेल परिवर्तन गर्न जरुरी छ : मन्त्री किराती

देश विकासको मोडेल परिवर्तन गर्न जरुरी छ : मन्त्री किराती


काठमाडौं २८ साउन । नेपालको विकास मोडल परिर्वतन गर्न जरुरी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ संस्थाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले कै प्रवृत्तिले विकास सम्भव नहुने बताए ।

‘नेपाल विकासको मोडेल कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ । अहिलेको तरिकाले हाम्रो देश विकास हुँदैन् । पछौटे सोच छ, हाम्रो ।’ उनले भने ‘मैले मन्त्री भएपछि झन धेरै थहा पाँए, सिंहदरबारमा बजेट सुरु भएपछि त्यहाँको कार्यालय सहयोगीसमेत आफ्नो टोलमा ५ लाख पैसा कसरी पार्ने भन्ने तर्फ लाग्द रहेछन् । हामी बजेटअनुसार पठाएको हाम्रो योजनाको माग एउटा राखेकोमा १७ वटासम्म थपिएर आयो, १ करोड राखेको पैसा ५ लाखमा झरेर आयो यो भन्दा दुखको कुरा के हुन सक्छ ।’

उनले नीति निर्माणमा समेत स्वार्थ समुह हावी हुने गरेको भन्दै असन्तुष्टि पोखे । ‘अहिले शिक्षा नीति आउँदैछ, हामीले नै हेरेर हालेको २ वटा बुँदा कँहाबाट छिर्यो छिर्यो । हामीले यस्तो चरित्र र विकास बोकेर कसरी अगाडि बढ्न सक्छौ ।’ उनले भने ‘विकासको मोडेल परिवर्तन गर्नुपर्छ भनेर भन्दै गर्दा अहिलेको प्रतिस्पर्धामा सामेल भइएन भने पछाडि परिन्छ ।’ उनले आँफूले पर्यटन र संस्कती ऐन बनाउने प्रक्रिया थालेको उनको भनाई छ।