देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको छ –रवि लामिछाने

देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको छ –रवि लामिछाने

काठमाडौं, २५ वैशाख । देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको सांसद् रवि लामिछानेले बताएका छन् । बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विक रुपमा विगतका वर्षहरूभन्दा फरक फरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो । यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ । ’

बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने उनको भनाइ छ। ‘यदि गरिएन भने किन ? भएन त्यो सार्वजनिक हुनुपर्छ । गरिनेछले मात्रै भरिएको छ यो दस्तावेज,उनले भने।

उनले सरकारको प्रक्षेपण गर्ने अवस्था एकदमै कमजोर रहेको बताए । भने,‘राजस्व संकलन एकदमै कम भएको देखिन्छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रबाट जनतालाई के राहत मिल्ला र ? बर्सेनि गरिने भन्ने तर नगरिने प्रवृत्ति छ ।’