बालाजुको बाइसधारमा मेला लाग्यो श्रद्धालुहरुको भिड

1.

काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ ।

वैशाख स्नान प्रारम्भ हुने आजको दिन हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गर्दछन। उक्त मेलामा स्नान् गरे लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेको छ। साथै सोहि स्नान गरेपछि मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

आज बिहान देखि उक्त स्थानमा बालक वृद्धवृद्धा, भक्तजान, तिर्थालु समेत बालाजुको बाइसधारामा पुगेर स्नान गरिरहेका छन्।

वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाख स्नान सुरुवात भएको छ । आजबाट तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्नाले सम्पूर्ण पाप नास भइ मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।