नेपाल सुपर लिगः धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा

नेपाल सुपर लिगः धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा साविक उपविजेता धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।

यस्तै, आइतबार नै भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । बुटवल लुम्बिनी एफसीलाई विशाल श्रेष्ठले कप्तानी गरेका छन् । आज साँझ साढे पाँच बजे दुवै टोली दशरथ रंगशालामा आफ्नो दोस्रो जितको लक्ष्यमा प्रतिस्पर्धा गर्दैछन् ।पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । आयोजकले सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै आएको छ ।