नेपालको तर्फबाट उपमेयर डङ्गोलले चीनमा आफनो प्रस्तुतिकरण दिदै

नेपालको तर्फबाट उपमेयर डङ्गोलले चीनमा आफनो प्रस्तुतिकरण दिदै


काठमाडौं, बैशाख २७ गते । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आज चीनमा आफनो प्रस्तुतिकरण दिने भएकी छन् । चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने भएकी हुन्।‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ ।