नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत
 

काठमाडौ, १६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको १४ लाख १८ हजार ३६६ इकाई ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेमा १० वर्ष अवधि भएको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८९’ सूचीकरण भएको हो । बैंकले गत साउन १८ गतेदेखि साउन ३१ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । 

जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । सबै युनिट बिक्री नभए पछि १४ लाख इकाई मात्र सूचीकृत भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याँजदर ९% रहेको छ ।