न्यारोबडी जहाज इन्जिन प्रकरणः  भ्रष्टाचार नभएको पुष्टि गर्न  निगमलाई अल्टिमेटम 

 न्यारोबडी जहाज इन्जिन प्रकरणः  भ्रष्टाचार नभएको पुष्टि गर्न  निगमलाई अल्टिमेटम 


काठमाडौं । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा पन्ध्र दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल गरेको थियो ।

त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या, न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको विग्रिएको दुई न्यारोबडी जहाज इन्जिन मर्मत नगरी भाडामा लिएर चलाइएकोलगायतका विविध विषयमा समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जवाफ मागेको हो । 

छलफलका क्रममा निगमका तर्फबाट अधिकारीसँगै सरोकारवालाले समितिमा दिएको जवाफ चित्त बुझ्दो नआएपछि समितिका सभापति राजकिशोर यादवले १५ दिनभित्र न्यारोबडी जहाज प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्न निगमलाई निर्देशन दिए ।