नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।