निर्वाचन आयोगले बोलाएको छलफलमा नाराबाजी

निर्वाचन आयोगले बोलाएको छलफलमा नाराबाजी

निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ। निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको हो।

आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफलबिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरूले आपत्ति जनाएर विरोध गरेका हुन्। दलहरूले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो।

आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरूलाई छलफलमा बोलाए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरू समेत उपस्थित भएका भन्दै केही दलहरूले आपत्ति समेत जनाएका थिए।