निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली सार्वजनिक

आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। निर्वाचनका आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन्।

कूल मतदाता संख्यामध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० रहेका छन् भने महिला मतदाता ८७ लाख ४१ हजार ५३० रहेका छन्। अन्यतर्फ १८३ मतदाता रहेका छन्।

त्यस्तै कूल ७५३ स्थानीय तहका लागि १० हजार ७५३ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।