दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ५ अर्ब नजिक

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ५ अर्ब नजिक

साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ । 

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि जीवन विकास र राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।