नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलव २८ अंकमा झरेको छ ।

सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्तको २२ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज आईसीएफसी फाइनान्सको शेयर झन्डै पाँच प्रतिशत र सानिमा लाइफ इन्सुरेन्सको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।