एमबीबीएस परीक्षाका  ५ नक्लकी  परीक्षार्थी पक्राउ

एमबीबीएस परीक्षाका  ५ नक्लकी  परीक्षार्थी पक्राउ

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी ५ नक्कली परीक्षार्थीलाई पक्राउ गरी प्रहरीले आइतवार सर्वजनिक गरेको छ । यही चैत १८ गते सञ्चालन भएको मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षामा अर्कैको नाममा परीक्षा दिन पुगेका ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कूल परीक्षा केन्द्रबाट शुक्रवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा- ४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ-१ सप्तरी घर भएका २६ वर्षीय राम आशिश यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र सम्सी - ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह छन् । 

उनीहरूलाई नक्कली प्रवेश पत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर पठाइएको महाशाखाले जनाएको छ । फ्री स्कलरशिपमा एमबीबीएस पढिरहेका तर कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई २ लाखदेखि १८ लाखसम्मको प्रलोभन देखाई ५० हजारदेखि २० लाखसम्म दिएर परीक्षामा सहभागी गराइएको खुलेको छ ।