डाइपरभित्र लुकाएर ल्याएको सुनसहित महिला पक्राउ

डाइपरभित्र लुकाएर ल्याएको सुनसहित महिला पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला सुन सहित पक्राउ परेकी छिन्। दोलखा घर भएकी २४ वर्षीया महिलालाई लुकाईछिपाई ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। 

कतार एयरवेजमार्फत बुधवार बेलुका ७ बजे काठमाडौं ओर्लिएकी महिलाले ४२ थान बच्चाको डाइपर भित्र लुकाएर ल्याएको ३१७ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए।

उनका अनुसार ३१७ ग्राम सुनलाई २५० वटा स-साना रिङ आकारमा विमानस्थलमा बरामद गरिएको हो। महिलालाई नियन्त्रणमा लिएर भन्सार कार्यालयले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।