पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ नमूना परीक्षणमध्ये पीसीआर २५ र एन्टिजेन १ जनामा संक्रमण देखिएको हो । 

त्यसैगरी बुधबार ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार १ सय ४६ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।