पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि 

1.

पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणबाट थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार जम्मा १ हजार ६ सय ४ जनामा गरिएको नमुना परिक्षणमा ९९  जना नयाँ संक्रमित थपिएका हुन्।

पिसिआरबाट ५० र एन्तिजेन विधिबाट ४९ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै आज संक्रमित मध्ये ५० जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै अहिले सक्रिय संक्रमितको संख्या ३७७ रहेको छ।