प्रतिनिधि सभा बैठकमा ३ मिनेट आकस्मिक समयको व्यवस्था लागु

1.

प्रतिनिधि सभा बैठकमा आकस्मिक समयको व्यवस्था गरिएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ३ मिनेटको आकस्मिक समयको व्यवस्था गरिएको जानकारी गराए । 

नियमवलीमा नै व्यवस्था गरेर उक्त समयको व्यवस्था गरिएको र सो समयमा सांसदहरुले अघिल्लो बैठक र जरुरी घटनाक्रमका बारेमा जानकारी गराउंदै सभामुख घिमिरेले बताए।  उनले भने, 'आकस्मिक समयमा हामीले तीन मिनेट निर्धारण गरेका छौँ । आकस्मिक समयमा गएको बैठक र यो बिचको बैठकमा भएका जरुरी घटनाको सन्दर्भमा केही राख्नुपर्ने विषय भए राख्नेगरी हामीले भर्खरै नियमावलीमै व्यवस्था गरेका छौं'


यसअघिको व्यवस्था अनुसार प्रतिनिधि सभामा शून्य र विशेष समयको मात्रै रहेको थियो । साथै सांसदहरुले यसअघि नै शून्य समयको एक मिनेट समय कम भएको भन्दै त्यसलाई बढाउनुपर्ने माग गरेका थिए ।