प्रधानन्यायाधीश नियुक्तिको मागः बारको आन्दोलन पाँचौ दिन पनि जारी

 प्रधानन्यायाधीश नियुक्तिको मागः बारको आन्दोलन पाँचौ दिन पनि जारी


काठमाडौं, २१ बैशाख ।  नेपाल बार एशोसिएशनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति लगायतको माग गर्दै गत आइतबारदेखि  न्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिररहेका छन् । उनका अनुसार जबसम्म प्रधानन्यायाधीश लगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ । 

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन  वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन । त्यसमा राजनीतिक खिचातानी भएको छ । 

तर अब बिलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ । ’ उनका अनुसार आगामी शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ । 

 तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ । कायममुकायमबाट  चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश हुँदा कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।