नेपाल टेलिकमले ल्यायो एसईई लक्षित सिम कार्ड अफर, यस्ता छन् सुविधाहरु 

1.

नेपाल टेलिकम कम्पनीले एसईईका विद्यार्थीहरुलाई लक्षित गरि एक 'एसईई २०७९ अफर' सार्वजनिक गरेको छ। 

उक्त कम्पनीले देशभरका नेपाल टेलिकमका कार्यालयहरुबाट कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संकलन गरेर फाराम भरेर निःशुल्क रुपमा सिमकार्ड लिन सकिने जनाएको छ।  

यस्तै सोहि अफरको अवधि यहि चैत २४ देखि ३ महिनासम्म रहेको छ।  जसमा निःशुल्क सिम र ६ महिनासम्म बोनस अन रिचार्ज अफर पाइने समेत जनाइएको छ।  

अर्को अफरमा 'बोनस अन रिचार्ज' अन्तर्गतको सुविधामा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने सकिने छ।  


यस्तैगरि सोहि अफर अन्तर्गत ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएस रहेको छ। कम्पनीको अनुसार  एक महिनासम्म ४० मिनेट अन नेट कल, ६० एमबी डाटा र ३० वटा अन नेट एसएमएस तथा टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन, १०० एमबी डाटा उपलब्ध गरिएको छ।