प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मतरुपमा अनुमोदित

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मतरुपमा अनुमोदित

काठमाडौ, ४ भदौ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।अनुमोदनअघि समिति बैठकमा श्रेष्ठले आफ्नो कार्ययोजनासहितको धारणा राखेका थिए । सांसदहरुले सोधेका प्रश्नहरुको उनले जवाफ दिएका थिए ।

संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरेको हो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।