प्रधानमन्त्री प्रचण्ड र  युकेका राजदूत फेनबीच भेटवार्ता 

प्रधानमन्त्री प्रचण्ड र  युकेका राजदूत फेनबीच भेटवार्ता 


काठमाडौं, १३ भदौ । नेपालका लागि संयुक्त अधिराज्य (युके) का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

आज भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ । नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।