परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद यही मङ्सिर २३ गते कतार भ्रमणमा जाँने भएका छन् ।  इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् ।

यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।