बाढी–पहिरो अपडेटः हालसम्म देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

 बाढी–पहिरो अपडेटः हालसम्म देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं । लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन् । देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छौं ।