बनारसमा प्रधानमन्त्री देउवालाई आदित्यनाथले गरे स्वागत, आजै स्वदेश फिर्ता हुने

बनारसमा प्रधानमन्त्री देउवालाई आदित्यनाथले गरे स्वागत, आजै स्वदेश फिर्ता हुने

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुगेका छन्। प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। त्यहाँ प्रधानमन्त्री देउवाले पत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम  रहेको छ

साथै प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। 

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ।