बागी उम्मेदवारी फिर्ता गराउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

बागी उम्मेदवारी फिर्ता गराउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ।  बैठकमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्। 

६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताले 'बागी उम्मेदवारी' दिएपछि फिर्ता गराउने पहलस्वरूप बैठक बसेको हो।

सत्तारूढ गठबन्धनका नेताहरूले शुक्रवार साँझसम्म बागी उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बताएका छन्। भरतपुर, जनकपुरजस्ता स्थानीय तहमा बागी उम्मेदवारी दिएकाहरूले  फिर्ता नलिने अडान लिएका छन्।