भोलीदेखि बजेट अधिवेसन सुरु हुँदै

भोलीदेखि बजेट अधिवेसन सुरु हुँदै


काठमाडौं, २३ बैशाख । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक आइतबार देखि सुरु हुँदै छ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०–२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबै सदनका बैठकमा प्रारम्भिक छलफल हुँनेछ ।