महासंघको वरिष्ठ उपाध्यक्षको लागि पुन: निर्वाचन २ बजे देखि सुरु हुने 

1.

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गर्दै ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको जनाएको छ।  


यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन थिएनन्।  पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।

जिल्ला नगरतर्फ १ सय १७ मत खसेकोमा सघंईले ३९ मत,उमेशलाल श्रेष्ठले २८ र अञ्जन श्रेष्ठले ४७ मत मात्रै प्राप्‍त गरेका थिए।  

वस्तुगततर्फ खसेको कूल १ सय २३ मतमा सघंईले १२ मत,अञ्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत प्राप्त गरे। वस्तुगत तर्फबाट सर्वाधिक मत पाएसँगै उमेशलाल दोस्रो चरणमा जाने अवसर पाएका हुन् । सुरुको मत गणनामा उनी पछि परेका थिए ।