भरतपुर महानगरकी मेयर रेनु दाहालको राजीनामा स्वीकृत

भरतपुर महानगरकी मेयर रेनु दाहालको राजीनामा स्वीकृत

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।