मेयरमा टिकट नपाएपछि जसपाबाट लोसपा प्रवेश

मेयरमा टिकट नपाएपछि जसपाबाट लोसपा प्रवेश

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा टिकट नपाएपछि उनी आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका हुन्।

आइतबार बिहान जसपाको बैठकमा टिकट वितरण गर्ने क्रममा कुटाकुट समेत भएको  थियो। त्यसपछि उनले पार्टी परित्याग गरेका थिए।​लोसपा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया र संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले उनलाई पार्टी प्रवेश गराएका छन्। 

उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।