विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश

विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश


काठमाडौ, १४ असोज । विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षा मन्त्री अशोक कुमार राईले, आजको शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीअशोक कुमार राईले विधेयक सदन समक्ष पेस गरेका हुन् ।

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

आइतबार प्रतिनीधिसभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफदिदै मन्त्री राईले शिक्षकर्लाइ राजनीतिबाट टाढा राख्नु पर्ने बताए । ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ ।

मानिसको व्यक्तिगत आस्था आ–आफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावितपार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागिभोट माग्ने काम गर्न हुँदैन् ।’ उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमा ध्यान दिएको बताए ।