विनिमयदरः घट्यो अमेरिकी डलरको मुल्य

विनिमयदरः घट्यो अमेरिकी डलरको मुल्य

काठमाडौ, ३ जेष्ठ  । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । 

त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ।