विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

नेपाली काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

कोइराला शेखर कोइराला निकट मानिन्छन् । यसअघि कृष्णप्रसाद सिटौलाले हालका मेयर भीम पराजुलीलाई दोहोर्‍याउन अडान राखेपछि उम्मेदवार छनोट गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सकस परेको थियो ।