नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैंकको अनुमान

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैंकको अनुमान

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार नेपाल अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।  बाह्य क्षेत्रको दबाब बढ्दै जाँदा अर्थतन्त्रमा पर्ने सम्भावित जोखिमलाई पनि दृष्टिगत गर्दै आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको विश्व बैंकले उल्लेख गरेको छ। 

नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको थियो। कोरोनाको साथै रुस-युक्रेन युद्धका कारण महँगी बढेर नेपालको बाह्य क्षेत्रमा दबाब परेकोले सरकारको लक्ष्यभन्दा निक्कै कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। 

विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ। खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबाबको प्रभाव अर्थतन्त्रसमेत पर्ने देखिएको हो। जसमा रुस-युक्रेनको युद्ध र उसले निम्त्याएको महँगी एक कारण हो। चालु आर्थिक वर्षको ६ महिनाको विवरणका आधारमा विश्व बैंकले सो प्रक्षेपण गरेको हो।