शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


काठमाडौं, बैशाख २७ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आज बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।