स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गरिने

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गरिने

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो। निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरात देखि मौन अवधि लागू हुनेछ ।